•   Saturday, 15 Jun, 2024

काठमाडौंमा धुमपान तथा सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध !

this
Generic placeholder image
  

काठमाडौँ । धुम्रपान तथा सुर्तीजन्यवस्तुको प्रयोग तथा बिक्री–वितरणमा कडाइ गर्दै सरकारले धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विभिन्न ऐनहरु ल्याएको वर्षौ भइसक्यो । तर व्यावहारिक रुपमा ऐन कार्यान्वयनमा नै आउन नसकिरहेका बेला काठमाडौं महानगरपालिकाले ध्रमपान तथा सुर्ती प्रयोगमै पूर्ण रुपमा रोक लगाउने जनाएको छ । मंसिर २७ गतेबाट पूर्ण रुपमा निषेध गरिने यो निर्णय कार्यान्वयन होला त ?

नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको सरकारको तथ्यांकमा उल्लेख छ भने विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ । धूमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धूमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्थासमेतलाई दृष्टिगत गरी महानगरले गरेको निर्णयको सर्वसाधारणले खुलेर स्वागत गरेका छन् ।

तर काठमाडौं महानगरले भने जस्तो अबको १५ दिनमा नै निर्णय कार्यान्वयन हुनेमा आशंका कायमै छ । काठमाडौं महानगर भित्र बिक्रिमा प्रतिबन्ध लगाए पनि छिमेकी पालिकाहरुले समेत यो निर्णय गरेका छैनन् । यसअघि २०७३ मा मन्त्री परिषद् बैठकले चुरोटका साथै अन्य सुर्तीजन्य पदार्थ बेच्न सरकारको स्वीकृति लिनु पर्ने निर्णय गरेको थियो । तर किराना पसल, पान पसल तथा बाटोमा राखिने नाङलो पसलमा समेत सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको अहिले पनि छयाप्छयाप्ती भेट्न सकिन्छ ।

यसअघि महानगरले थालेका विभिन्न कामहरू अधुरै छन् । प्लास्टिकमा लगाइएको पूर्ण प्रतिबन्ध लागू भएकै छैन । फोहोर वर्गिकरणको अवस्था पनि उस्तै लथालिङ्ग छ । भत्काइएका भौतिक संरचना यत्रतत्र छोडिएका छन् । स्मार्ट शौचालयको अवधारणा महानगरले सोचे जस्तो भएन । पूर्वाधार एम्बुलेन्स प्रभावकारी बन्न सकेन । डोजर लिएर सडकमा निस्कदा ‘अपरिपक्व’ काम भन्दै खिसीट्युरी भएका थिए । धुमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणमा गरिएको महानगरको प्रयास प्रशंसायोग्य भए पनि कार्यान्वयनको चुनौती कायमै छ ।


Source: News24Nepal
Comment As:

Comment (0)