•   Saturday, 15 Jun, 2024

किन भित्रिन सक्दैन नेपालमा विदेशी लगानी ?

this
Generic placeholder image
  
  • गणेशमान बसेल

काठमाडाैँ । नेपाल एक विकासोन्मुख देश भएकाले यहाँ लगानी गर्नकालागि अपार सम्भावनाहरु छन् । तर अहिलेसम्म अपेक्षित रुपमा उत्पादनशिल क्षेत्रमा वैदेशीक लगानी भित्रिन सकेको छैन । सरकारले यही अवस्थालाई मध्यनजर गर्दै देशमा लगानी भित्र्याउन फेरि तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ । जबकि पहिलो र दोस्रो लगानी सम्मेलन मार्फत् खासै ठूलो लाभ लिन नसकेको अवस्थामा तेस्रो लगानी सम्मेलन गरेर के सन्देश दिन चाहन्छ सरकार?

मुलुकको आर्थिक विकासका लागि वैदेशिक लगानी आवश्यक छ । त्यसैले विकसित अर्थतन्त्र भएका देश अथवा अल्पविकसित देश सबैले विदेशी लगानी आकर्षित गर्न अनेक सुविधा दिएका हुन्छन् । तर नेपालमा अहिले न कुनै स्वदेशी लगानी बढ्न सकेको छ न त विदेशी लगानी नै अपेक्षा गरिएअनुसार आइरहेको छ । सरकारकै प्रवृत्तिका कारण लगानी भित्रिन सकिरहेको छैन । नेपालमा लगानी कम भित्रिनुमा राजनीतिक तथा नीतिगत स्थिरता, औद्योगिक कच्चा पदार्थ, श्रम शक्ति, प्रविधि र पूँजी जस्ता कुराहरुले पनि प्रभाव पार्ने विज्ञहरु बताउँछन् ।

सरकारले लगानी भित्र्याउन तेस्रो पटक लगानी सम्मेलन गर्दै गर्दा मुलुकभित्र लगानीमैत्री वतावरण निर्माण, लगानी अनुमतिका लागि एकद्वार प्रणाली लागु, चुस्त कर्मचारी संयन्त्र तथा लगानीकर्तालाई भरपुर सुरक्षित महशुस गराउन सके अपेक्षित रुपमा लगानी भित्रिने छ ।


Source: News24Nepal
Comment As:

Comment (0)