•   Wednesday, 19 Jun, 2024

अस्पताल अर्थात् कुटपिटको अखडा : तीन महिनामा कति कुटिए चिकित्सक ?

this
Generic placeholder image
  

काठमाडौँ । चिकित्सकले लापरवाही गरेको भन्दै उनीहरुमाथि कुटपिट हुनेक्रम अझै रोकिएको छैन । अस्पतालमा उपचारका लागि लगिएका बिरामी होस् वा सुत्केरी गराउन लगिएका सुत्केरी, केही गरि उनीहरुको मृत्यु भइहालेको अवस्थामा चिकित्सकै लापरवाहिबाट भन्दै कुटपिट गर्ने तथा अस्पताल तोड्फोड्का घटना कहिलेसम्म भइरहने ? यस्तो प्रवृति रोकका लागि अस्पतालको सेवा शैली सुधार गर्नु पर्ने हो वा अरु केही ? सरकारले यसबारे के योजना बनाएको छ त ?

पछिल्लो समय अस्पतालमा लगिएका बिरामी वा सुत्केरी सकुसल घर नफर्केको अवस्थामा अस्पताल तथा चिकित्सकलाई दोषी ठहर गदै कुट्पिटमै उत्रने घटना क्रम मौलाउदै गएको छ । यसरी चिकित्सक कुट्पिटको घटना क्रमलाई हेर्दा करिब तीन महिनाको अवधिमा मात्र ५ वटा चिकित्सक कुटिएका तथ्य बाहिरीएका छन् । हेटौँडा स्थित सन्चो अस्पतालमा चिकित्सकमाथि कुट्पिटको विरोधमा चिकित्सकहरुले देशभरका स्वास्थ्य सेवा ठप्प समेत बनाएका थिए । जसको समाधानका लागि सरकार र चिकित्सक बिच ६ बुँदे सहमती गरिएको थियो । तर सरकारसंग सहमती भए पछि पनि पाटन अस्पताल तथा बुधवार पुनः बुटुवलको सिद्धार्थ बाल तथा महिला अस्पतालका चिकित्सक माथिको कुट्पिटको घटनाले चिकित्सको मनोविज्ञान लगाएतका कुरामा प्रभाव पार्ने चिकित्सकको भनाइ छ ।

तीन महिनामा कति चिकित्सक कुटिए ?

– भदौं २७ गते हेटौंडाको सन्चो अस्तालमा कार्यरत चिकित्सक माथि कुट्पिट
– असोज ८ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक माथि कुट्पिट
– असोज ८ गते नै लम्जुङ जिल्ला अस्पतालमा कार्यरत चिकित्सक माथि कुट्पिट
– कार्तिक २० गते ललितपुर स्थित पाटन अस्पतालमा कार्यरत चिकित्सक माथि कुटपिटको घटना
– मंसिर १३ गते बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालका चिकित्सक माथि कुटपिटको घटना
– मंसिर १३ गते नै लमजुङमा सत्केरी तथा शिशुको मृत्युको दोषी अस्पताल नै हो भन्दै तोडफाेड

कुनै पनि बिरामीको उपचारका क्रममा चिकित्सकीय तथा अस्पतालको लापरवाहिबाट मृत्यु भएको छ वा हुन्छ भने त्यसलाई कानुनी कटघेरामा ल्याएर दोषिलाई कारवाही हुनैपर्छ । तर सत्य तथ्य नै नबुझि निरमम्तापूर्वक चिकित्सक माथि कुट्पिटका घटना हुन्छ भने त्यो पक्कै पनि राम्रो विषय भने होइन । बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले कसैले पनि बिरामीलाई हानी पुर्याउने मनासाय राखेर उपचार नगर्ने चिकित्सक बताउँछन् । तर मानवीय त्रुटी नै भएको हो भने पनि यस विषयलाई कानुनी प्रकृयाबाट दोषीलाई कारवाही हुनुपर्ने हो ।

चिकित्सक कुटपिटका घटना बढ्दै गए पनि सरकारले यसको समाधानकालागि अहिलेसम्म ठोस योजना अघि सारेको छैन । यसले गलत प्रवृतिलाई बढवा दिने देखिन्छ ।


Source: News24Nepal
Comment As:

Comment (0)