•   Saturday, 22 Jun, 2024

देउवाकाे चेतावनी, राप्रपालाई पूर्वराजाको लोप्पा !

this
Generic placeholder image
  

काठमाडौँ । राजसंस्था फर्काउनका लागि भन्दै राजनीतिक सक्रियता देखाइरहेका कमल थापाले मोर्चा बनाउने प्रस्ताव गरेका छन् । संवैधानिक राजा र हिन्दु राज्यको पक्षमा रहेकाहरुको वृहत मोर्चाको प्रस्ताव गर्दै कमल थापाले जनमत राजसंस्थाको पक्षमा आएको जिकिर गरिरहँदा संसदको ठूलो दल नेपाली कांग्रेसले भने यस्ता गतिविधिबाट खासै फरक नपर्ने दाबा गरेको छ । के गणतन्त्र र राजतन्त्रको विषय थप चर्किने अवस्था बनेकै हो ?

संविधानले नै नचिन्ने राजा कसरी फर्किन्छन ? राजा फर्किने सुत्र के हो ? अब फर्किने राजाको मोडालिटी के हो ? संवैधानिक राजा भनेको कस्तो स्वरुपको हो ? राजामा आउने व्यक्ति को हो ? यस्ता तमाम प्रश्नको जवाफ दिन नसकेका दल र व्यक्तिहरुले बेला–बेलामा राजा चाहिने तर्क अघि सारिराख्छन् ।

विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँदेखि कमल थापा र राजेन्द्र लिङ्देनले घोषित रुपमै राजाको वकालत गरिरहेका छन् । लिङ्देनले झापामा गरेको प्रदर्शनमा जनसहभागीता राम्रै रहेपछि पुर्वराजालाई पनि मनमा चस्को नपसेको भने पक्कै छैन् । यता, दुर्गा प्रसाईँले पनि बल्खुमा राम्रै जनसहभागीता देखाए । तर उनीहरुबीच नै राजा फर्काउने विषयमा एकरुपमा भने पाइन्न ।

कमल थापाले राजावादीहरुको मोर्चा बनाउने प्रस्ताव गरेपनि तत्कालीन राप्रपा नफुटाउने बाँचा गर्दै खाएको गिताको कसम सेलाएकै छैन् । निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई चुनावमा हराएको दाबी गरेका थापा फेरि संवैधानिक राजसंस्थाको पक्षमा देखिएपनि तत्काल उनले जनाधार निर्माण गरिहाल्ने स्थिति भने छैन् । यद्यपि राजावादी दलकै रुपमा उनले थुप्रै पटक सत्तामा पुगे भने लाभको पद पनि लिइराखे ।

राजावादीहरुको मोर्चाको विषय चर्चामा आएकै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने गणतन्त्रभन्दा उन्नत व्यवस्था अरु नभएको भन्दै गणतन्त्रविरोधी प्रदर्शनबाट अत्तालिनुपर्ने स्थिति नभएको दाबी गरेका छन् ।

दलका शीर्ष नेताहरुले पनि पूर्वराजालाई चुनौति दिनेदेखि सत्तामा आउने सपना नदेख्न चुनौति भने दिने गरेका छन् ।
यसरी गणतन्त्रवादीको घेराबन्दीमा राजसंस्था र हिन्दु राज्यको मुद्दा परेपनि पूर्वराजा के चाहन्छन ? उनी सत्तामा फर्किन कसरत गरिरहेका छन ? यस्ता प्रश्नको जवाफ भने धुमिल देखिन्छ । भित्रि इच्छा फेरि देशको प्रमुख बन्ने भएपनि स्थिति यस्तो बनेको छ त ? विश्लेषण पुर्वराजाले पनि गरेकै होलान् ।

किन मौन छन् त ज्ञानेन्द्र ?

राजाबाट सर्वसाधारण बनेको दिन ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै सुम्पिएको भन्दै शान्त भावमा दरबार छाडेका थिए । त्यसपछि नेपालमै रहेर मठ मन्दिर गरिरहेका उनी पछिल्लो समय दलीय प्रवृत्तिको विरोध भने गरिरहेका देखिन्छन् । तर, उनी खुलेर किन राजावादी दललाई समर्थन गर्न सकिरहेका छैनन त ? यो रोचक विषय छ ।

जानकारहरुका अनुसार ज्ञानेन्द्र आफू तत्काल राज्य सत्तामा फर्किने बाटो नदेखेकै कारण दलीय समर्थनमा उत्रिन सकेका छैनन् । अर्को पाटो उनले राजा सबैको हुने विश्वास राख्दै दलीय समर्थन गर्दा सिमित घेरामा परिने विश्लेषण गरिरहेका छन् । तर, गणतन्त्रवादीले राजावादीलाई निषेध गर्ने गरेपछि उनले स्वभाविक नैतिक समर्थन गर्नुपर्ने धारणा पनि पाइन्छन् । अझ राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र त राजाले समर्थन गरेको दिन जनता सडकमा थामिनसक्नु हुने टिप्पणी गर्छन् । यस्तो हुन्थ्यो भने ज्ञानेन्द्र किन आफ्नो पक्षमा जनतालाई अपिल गर्दैनथे ? प्रश्न यो पनि छ । तत्काल सत्तामा फर्किने बाटो क्लिएर नभएको र आफू सबैको साझा बन्ने धारणाका कारण राप्रपालाई उनले समर्थन गर्ने विषय टाढाको भएको धेरैको बुझाई छ ।


Source: News24Nepal
Comment As:

Comment (0)