•   Sunday, 23 Jun, 2024

कुलमान घिसिङले भने- यो देशमा काम गर्ने वातावरण नै छैन

this
Generic placeholder image
  

१४ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो देशमा काम गर्ने वातावरण नै नभएको बताएका छन् ।

ललितपुर महानगरपालिका भित्रको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा घिसिङले प्राधिकरणलाई सरकारकै निकाय, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसकारी संस्था लगायत स्थानीय स्वयंले काम गर्न नदिएको भन्दै आक्रोश पोखे ।

प्राधिकरणको काम गर्दा सबैले आफ्नो क्षेत्रको विकासमा योगदान दिनुपर्ने भएपनि त्यसो नभएको उनको गुनसो थियो ।

‘प्राधिकरणले गर्दा अलिकति गाह्रो भयो भने नगरपालिका, वडा स्थानीय सबैले गाली गर्छन् । सडकले त झन् काम नै गर्न दिँदैन, म आफैं उभिएर काम गरौं भन्दा अब त निर्माण कम्पनीहरुले सडकको सहमति विना काम नै नगर्ने भन्छन् । अब कसरी काम गर्ने ?’ घिसिङले भने ।

समन्वयको समस्या समाधान नभए विकास सम्भव नरहेको भन्दै उनले ट्रान्समिसन लाइनको सबै ठाउँमा असहज भइरहेको सुनाए ।

गैरसरकारी संस्था प्रति आक्रोश व्यक्त गर्दै घिसिङले विकास विरोधी भन्न भ्याए । ‘नेपालमा एनजीओ, आईएनजीओ यति धेरै छन्, उनीहरुको काम नै रोक्ने हो । एडीबीको परियोजना आयो भने नेपालदेखि अन्तर्राष्ट्रिय एनजीओ सबै रोक्न लागि पर्छन् । ’

नेपालमा काम गर्न नदिने प्रवृत्ति बढेको भन्दै उनले नेगेटिभ कुरा गरेर काम नहुने बताए । ‘वनले काम गर्न दिएको छैन, अपर अरुणको काम एउटा रुख काट्न नदिएर एक वर्षदेखि रोकिएर बसेको छ । यस्तो स्थितिले देश बन्दैन,’ उनले भने ।


Source: Online Khabar
Comment As:

Comment (0)