•   Wednesday, 12 Jun, 2024

समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता

this
Generic placeholder image
  

विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो । दोर्दी–२ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेको बुधबार वडा कार्यालयले विवाह दर्ता गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । विवाह दर्तामा मायालाई दुलही र सुरेन्द्रलाई दुलहा उल्लेख गरिएको छ । 
Source: Kantipur

Comment As:

Comment (0)