•   Saturday, 15 Jun, 2024

बागमती प्रदेश : झ्याल–झ्यालमा मन्त्रालय

this
Generic placeholder image
  
  • सुनिता विष्ट

मकवानपुर । बागमती प्रदेशमा रहेका १२ वटा मन्त्रालयमध्ये अब एक मन्त्रालय र केही अन्य मन्त्रालय मातहतका कार्यालयहरु भाडाको घरमा छन् । घरभाडा खर्च कटौती गर्नका लागि एउटै घरमा ४ वटा सम्म मन्त्रालय बसेका छन् भने प्रदेशको स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालय एउटै घरमा छन् । केही महिना अघिमात्रै स्थापना भएको उद्योग मन्त्रालय पनि मासिक लाख भन्दा बढी भाडा जोगाउँदै सरकारी भवनमै अटिनअटी गुजारा गरिरहेको छ ।

अहिले सरेको पुरानै भवन भएपनि उद्घाटन समारोहको तामझाम भने नयाँ आलिसान भवनको उद्घाटन भन्दा कम थिएन । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले रिवन काटेर नै भवनको उद्घाटन गरे । प्रदेश स्थापनाको ६ बर्ष पूरा हुँदा पनि मुख्यमन्त्री कार्यालय देखि सबै मन्त्रालयहरु पूराना सरकारी संरचनामा रहदैं गर्दा प्रदेश सरकारले आफ्नै स्थायी संरचना निर्माण गर्नमा भने तदारुकता देखाएको छैन ।

प्रदेश सरकारले स्थायी संरचना बनाउनका लागि प्रयास गरेपनि जग्गा प्राप्तिमै समस्या भैरहेको मुख्यमन्त्री जम्मकट्टेल स्वीकार गर्छन् । त्यसोत, अब भने जग्गा प्रप्तीको अन्तिममा पुगिसकेकाले यसै बर्षबाट निर्माण सुरु हुने र दुई बर्षभित्र प्रदेश सरकारको स्थायी संरचना बन्ने मुख्यमन्त्रीको दाबी छ ।

त्यसोत, प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय भने भाडाकै घरमा छ । यस अघि उद्योग मन्त्रालय रहेको उक्त घरमा पर्यटन मन्त्रालय मातहतकै कार्यलय सञ्चालनमा थियो । उक्त घरको भाडा मासिक १ लाख १० हजार रुपैंया तिर्ने गरिएको मन्त्रालयले जनाएको छ ।


Source: News24Nepal
Comment As:

Comment (0)