•   Wednesday, 12 Jun, 2024

भारतीय हात्तीको आतंकले नेपाली वस्ती नै विस्थापित !

this
Generic placeholder image
  
  • युवराज आचार्य

झापा । झापाको मेचीनगर स्थित बाहुण्डाँगीवासी वर्षौ देखि जङ्गली हात्तीबाट पिडित हुदैँ आएका छन् । भारतबाट ठूलो संख्यामा आउने हात्तीको उपद्रोले मेहनत गरेर लगाएको अन्नबाली तहसनहस बनाउँदा वर्षौ देखि यहाँका स्थानियबासी समस्या झेल्न बाध्य बनेका हुन् ।

वर्षभरी खाना पु¥याउनकालागि भण्डारण गरिएको धान, मकै तथा अन्य खाद्यान्न हात्तीले घरै फोरेर खाईदिन्छ । हात्तीले किसानको खेत बारीमा भएका धान मकै तथा अन्यवालीहरु खाने, नष्ट गर्ने गरेपछि स्थानियहरु वैकल्पिक खेतीको रुपमा चिया, तेजपात, कागती, सुपारी, ड्रागन फ्रुट लगायतको वाली तथा पशुपालनतर्फ लागेका छन् । हात्तीको समस्याले आजित भएर त्यसको निराकरणका लागि किसानहरु एकल तथा सामुहिक रुपमा संगठित भएर अन्नबालीको विकल्पमा नगदे बालीतर्फ लाग्नु परेको हो ।

हात्ती आतंकको समस्या झापामा मात्रै नभई देशका थुप्रै ठाउँमा रहेकाले यसको समाधानमा राज्य गम्भिर भएर लाग्नुपर्ने स्थानीय जनप्रतिनिधि बताउँछन् ।

हात्ती नियन्त्रण तथा क्षतिपूर्तीको लागि आफूहरुसँग ठूलो योजनाको निर्णय गर्ने अधिकार नरहेको र संघ र प्रदेशले उक्त विषयमा चासो दिनुपर्ने जनप्रतिनीधीको भनाइ छ । झापाको बाहुण्डाँगी, शान्तिनगर, खुदुनाबारी, जलथल तथा दमकको माथिल्लो बेल्टमा रैथाने हात्तीहरु आउने गर्दछन् । रैथाने हात्तीको तुलनामा भारत तर्फबाट आउने हात्तीको विगार धेरै हुने हुदाँ सरकारको माथिल्लो निकायबाट जंगली हात्ती समस्याको दीर्घकालिन समाधान खोज्न आवश्यक देखिन्छ ।


Source: News24Nepal
Comment As:

Comment (0)