•   Wednesday, 19 Jun, 2024

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

this
Generic placeholder image
  

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ ।

पार्टीका प्रवक्ता डा सरदसिंह यादवका अनुसार मङ्सिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म सबै पालिका अधिवेशन पूरा गर्नुपर्नेछ ।

फागुन २० गतेसम्म सबै वडा र पालिकाको प्रक्रिया पुर्याई गरिएको अधिवेशनको आधिकारिक माइन्युट तयार गर्ने, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख ३० गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको यादवले जानकारी दिए ।


Source: News24Nepal
Comment As:

Comment (0)