•   Wednesday, 19 Jun, 2024

अञ्जन विष्टलाई लिन मैदानमै एम्बुलेन्स आउँदा …

this
Generic placeholder image
  

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शनिबार झापा एफसी र पोखरा थन्डर्सले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १९ औं मिनेटमा मोसेस ग्याबहको गोलबाट अग्रता लिएको पोखरा जित नजिक देखिएको थियो । तर इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा गोल गर्दै झापाले हार टारेको छ ।

त्यसअघि ५७ औं मिनेटमा झापाका अञ्जन विष्ट घाइते भएका थिए । हेड गर्ने क्रममा पोखराका पदम भट्टराईसँग टाउको ठोक्किएपछि उनी मैदानमै ढलेका थिए । उनको अवस्था गम्भीर देखेर एम्बुलेन्स नै मैदानमा पुगेको थियो । तर अस्पताल लैजानु परेन ।

केहीबेरपछि मैदान छिरे । तर खेललाई निरन्तरता दिन सकेनन् ।

  

पोखराका आयुल घलान । झापाका खेलाडीले हानेको बल उनको पेटको छातिमा लागेको थियो ।
झण्डै गोल : निक्कै अगाडि बढेर बल पञ्च गर्ने प्रयासमा झापाका गोलकिपर । उनले पुरा क्लियर गर्न नसकेको बलमा पोखराका स्टेफेनले हानेको बल सेकेन्ड बारमा लागेर फर्कियो

 

झापाका अञ्जन विष्ट घाइते भएपछि मैदानमा पुगेको एम्बुलेन्स । धन्य, गम्भीर चोट रहेन र, उनलाई अस्पताल लैजानु परेन ।

खराब रेकर्ड : दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका पोखराका कमलबहादुर थापा । एनएसएल दोस्रो सिजनको पहिलो रातो कार्ड उनको नाममा रहृयो ।
गोल : इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा झापाले गरेको गोल ।
अंकको खुसी : झापा । पहिलो खेल हारेको झापाले यो बराबरीसँगै अंकको खाता खोलेको छ ।

Source: Online Khabar
Comment As:

Comment (0)