•   Wednesday, 19 Jun, 2024

नेपालीलाई लुट्ने एनसेल कम्पनी खारेज गरी सम्पत्ति कब्जा गर्न माग

this
Generic placeholder image
  

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एनसेल कम्पनी खारेज गर्न र त्यसको सबै सम्पत्ति कब्जा गरेर राष्ट्रियकरण गर्न माग गरेको छ । एजियाटा समूहले एनसेलमा रहेको आफ्नो पूरै ८० प्रतिशत सेयर बेलायत स्थित स्पेक्ट्रालाइट कम्पनीलाई जम्मा रु ६ अर्वमा बिक्री गरेरे आर्थिक घोटाला र कर छली गरेको भन्दै उसले कम्पनी नै खारेज गर्न सरकारसँग माग गरेको हो ।

उनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘एनसेलले ७२ अर्व रुपियाँ करछली गरेको विषयमा सर्वोच्चमा परेको मुद्दा आजसम्म फैसला भएको छैन । दूरसञ्चार नियमावलीमा चुक्ता पुँजीको ५ प्रतिशत भन्दा बढी सेयर खरिद वा विक्री गर्नुपर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने कानुनी प्रावधानलाई समेत ठाडो उल्लङ्घन गरी एजियाटाले यो कारोवार गरेको छ ।’

करिब २ खर्बभन्दा बढी कुल सम्पत्ति रहेको पूरै एनसेल कम्पनी आगामी ६ वर्षभित्र नेपाल सरकारको स्वामित्वमा आउने निश्चित भएको स्थितिमा सेयर बिक्रीको सूचना प्रकाशित हुनु र सत्ताधारी पार्टीहरू मौन रहनुले यस प्रकरणमा मुख्यतः नेपाल सरकार र शासक वर्गका नेताहरुको समेत मिलेमतो रहेको हुनसक्ने उक्त विज्ञप्तीमा जनाइएको छ ।

‘नेपाल टेलिकमले भन्दा महङ्गोमा सेवा बेचेर नेपाली जनतालाई लुट्ने, सरकारलाई राजस्व नतिर्ने र आम्दानी जति सबै विदेश लगेर देशलाई टाटपल्टाउने एनसेल कुनै अर्थमा पनि नेपालको राष्ट्रिय हितमा छैन,’ विज्ञप्तीमा थप भनिएको छ, ‘हाम्रो पार्टी यसको दर्ता खारेज गरी यसको स्वामित्वमा रहेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, यसका लागि नेपाल सरकारमाथि दवाव दिन नेपालका सम्पूर्ण देशभक्त, जनवादी क्रान्तिकारी एवम् वामपन्थी पार्टी, समूह तथा व्यक्तित्वहरुलाई हार्दिक आह्वान गर्दछ ।’


Source: News24Nepal
Comment As:

Comment (0)