•   Wednesday, 12 Jun, 2024

मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल

this
Generic placeholder image
  

१८ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा. चोपलाल भुसाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को गत १३ गतेको बैठकले डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

यसअघिका काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल १८ कात्तिकदेखि सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो ।

नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका डा. भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशको राजदूत बनाएको थियो । उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्ष समेत भइसकेका छन् ।


Source: Online Khabar
Comment As:

Comment (0)