•   Wednesday, 19 Jun, 2024

नेपालमै रेड बुल उत्पादन सुरु, विश्वको चौथो देश बन्यो नेपाल !

this
Generic placeholder image
  

काठमाडौँ । रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्डसहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । यस फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत् वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ ।

अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ । यो रेडबुलको नेपालमै स्थानीय उत्पादन तथा ब्रान्डको यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा हुने बताइएको छ । साथै यसले स्थानीय स्रोत–साधनहरुको सशक्तीकरण तथा वातावरणीय दिगोपनप्रति समेत प्रतिबद्धता दर्शाउने कम्पनीले जनाएको छ ।

सरस बेभरेजेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले भने, ‘सरस बेभरेजेजको अत्याधुनिक अमरापुरी फ्याक्ट्रीमा हामी गर्वका साथ प्रतिष्ठित रेड बुल उत्पादन गर्दैछौं । वातावरणीय दिगोपनप्रति हामी सदैव प्रतिबद्ध छौं । त्यसैले फ्याक्ट्रीको आधा बिजुली वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गर्दैछौं ।’

रेडबुलको फ्याक्ट्री स्थापना पश्चात अन्तरराष्ट्रिय ब्रान्डहरुलाई नेपालमा उद्योग अनुकुल वातावरण रहेको सकारात्मक सन्देश जाने समेत उनले विश्वास दर्शाए ।

प्रतिष्ठित ब्राण्ड रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौं देश हो । पहिलो रेड बुल उत्पादन गर्ने थाइल्यान्ड हो भने त्यसपछि भियतनाम तथा चीन हुन् ।


Source: News24Nepal
Comment As:

Comment (0)