•   Saturday, 15 Jun, 2024

तोलामा ८ सयले घट्यो सुनको मूल्य

this
Generic placeholder image
  

२० मंसिर, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५०मा कारवबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य एक हजार ४८० रुपैयाँ तोकिएको छ ।

मंगलबार एक लाख १९ हजार २ सय रुपैयाँमा छापावल,एक लाख १८ हजार ६५० रुपैयाँमा तेजावी सुन र एक हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


Source: Online Khabar
Comment As:

Comment (0)