•   Wednesday, 12 Jun, 2024

मोदीको ह्याट्रिक हल्ला र भारतको चुनावी तथ्यांकले देखाउने अर्को पाटो

this
Generic placeholder image
  

सतहमा बुझ्नेले तीन राज्यमा चुनाव जितेका कारण मोदीको ह्याट्रिक अभिव्यक्तिलाइ निसंकोच स्वीकार गर्लान्  । तर, सत्य बुझ्ने हो भने ह्याट्रिक पदावली प्रयोग गर्दै मोदीले मतदाताको मनोविज्ञानमा हलचल ल्याएका हुन् ।

मनोविज्ञानले के मान्छ भने  सानो सत्य कुरालाइ लिएर भयानक प्रचारबाजी गरियो भने त्यसले विशाल भ्रम पैदा गर्छ । आत्मविश्वासी शैली र आवाजमार्फत भ्रम फिजाउँदा मानिसहरु सत्य के हो भन्ने जान्ने सामान्य कोशिस समेत गर्दैनन् ।

राज्यसभा चुनावमा विजय पश्चात मोदीले छेडेको मनोवैज्ञानिक हलचलबाट मतदातालाइ बचाउनैपर्छ । उनीहरुलाई सत्यता जानकारी गराउनैपर्छ ।

आउनुहोस्, मोदीको ह्याट्रिक मिथकको सत्यता चार बुँदामा पहिचान गरौँ ।

पहिलो– मतको प्रतिशत पनि हेरौँ सिट संख्या मात्रै नहेरौँ ।

सिट संख्यामा विशाल अन्तर देखिए पनि मतप्रतिशतमा भने धेरै अन्तर छैन । यसका निम्ति राजस्थानको मतपरिणाम हेरौँ । १९९ सिट रहेको राजस्थानमा भाजपाले ११५ सिटमा जित निकाल्दा कंग्रेसले ६९ सिट मात्रै  पाएको छ । तर मतप्रतिशत हेर्ने हो भने भाजपाको मत प्रतिशत ४१.७ प्रतिशत छ भने कंग्रेसको ३९.६ प्रशित रहेको छ ।  छत्तीसगढमा भाजपाले ५४ सिट जित्दा कंग्रेसले ३५ सिट मात्रै  पाएको छ । त्यस राज्यमा भाजपाले ४६.३ प्रतिशत मत ल्याउँदा कंग्रेसले ४२.२ प्रतिशत मत पाएको छ ।

मध्यप्रदेशमा भने भाजपाले सिट संख्यासँगै मतप्रतिशत फराकिलो बनाएको छ । १६३ सिट जितेको भाजपाको मतप्रतिशत ४८.६ प्रतिशत रहेको छ भने ६३ सिटमा खुम्चिएको कंग्रेसको मतप्रतिशत ४० प्रतिशत छ ।

तेलंगाना राज्यमा हेर्ने हो भने ६४ सिटमा जित निकालेको कंग्रेसको मत प्रतिशत ३९.४ छ भने ८ सिट पाएको भाजपाको १३.९ प्रतिशत रहेको छ ।  यी चारवटै राज्यको मतपरिणाम जोड्दा भाजपाको मत ४ करोड ८१ लाख ३३ हजार ४ सय ६३ रहेको छ भने कंग्रेसको मत ४ करोड ९० लाख ७७ हजार ९ सय ७ रहेको छ ।

अर्थात् कंग्रेसले भाजपा भन्दा साढे ९ लाख बढी मत पाएको छ । पहिलो सत्य के हो भने सिट संख्या कमजोर भए पनि मतसंख्यामा कंग्रेस नै अघि छ ।

दोस्रो चुनावी इतिहास पनि हेरौँ ।

२ दशकदेखिकै इतिहास केलाउन हो भने हिन्दी बाहुल्य रहेका मध्ये प्रदेश, राजस्थान र छत्तिसगढमा राज्यसभा चुनाव भए लगत्तै लोकसभा निर्वाचन भएका छन् । सन् २००३ मा विधानसभामा भाजपा हाबी हुँदा को लोकसभामा कंग्रेस हाबी भएको थियो ।

सन् २००८ मा विधानसभामा कंग्रेसले १ जित्दा भाजपाले २ सिट जितेको थियो भने लोकसभामा कंग्रेसले भाजपालाई उछिन्यो । सन् २०१३ मा विधानसभा र लोकसभा दुवैमा भाजपा हाबी भयो ।  सन् २०१८ मा विधानसभामा कंग्रेसले जित्दा लोकसभामा भाजपाले जित निकालेको थियो ।

चुनावी इतिहासले के देखाउँछ भने विधानसभाको नतिजा लोकसभा चुनावमा पल्टिनसक्छ । चुनावी इतिहास हेर्दा एकपल्ट कंग्रेसले नतिजा पल्टाएको थियो भने अर्कोपटक भाजापले आफ्नो पक्षमा नतिजा निकालेको थियो ।

२०२३ को नतिजा २०२४ को लोकसभा निर्वाचनमा पल्टिन सक्दैन भनेर जिकिर गर्न मिल्दैन । विगतलाई लिएर गरिने वर्तमानको भविष्यवाणी मिल्दैन भनेर तर्क पनि आउन सक्छ ।

तेस्रोयसलाई चिर्नका निम्ति वर्तमान अर्थात् २०२४ को चुनावी समीकरणको विश्लेषण गरौँ । २०२४ को लोकसभाका निम्ति मध्ये प्रदेश, राजस्थान र छत्तिसगढको परिणाम बचाइराख्नु भाजापका निम्ति बाध्यता हो । कंग्रेसलाई यी तीन राज्य त्यति महत्वपूर्ण छैन जति भाजापाका निम्ति छ ।

अघिल्लो निर्वाचनमा भाजपाले गुजरात,मध्येप्रदेश, छत्तिसगढ र उत्तप्रदेशमा लगभग क्लिन स्वीप गरेको थियो । लोकसभा निर्वाचनमा भाजपालाई यी चारवटै राज्यमा क्लिन स्वीप गर्नैपर्ने बाध्यता छ । विपक्षी गठबन्धन इन्डियाको कुरा गर्ने हो भने कर्नाटक, महाराष्ट्र, बिहार र बंगलामा निर्भर छ । यी राज्यमा भलै भाजपाको धेरै सिट छ तर त्यसलाई कंग्रेसले पल्टाउन सक्छ । लोकसभा निर्वाचनमा इन्डिया गठबन्धन हिन्दी बाहुल्य रहेका तीन राज्यमा निर्भर छैन ।  जे जे भने पनि भाजपाले तीन राज्यमा जितिसक्यो त्यसमा पकड कायम राख्दै लोकसभामा पनि नतिजा निकालिहाल्छ नि !

यो तर्क गर्नेहरुले चौथो र महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ ।

चौथो– यसले भाजपाले लोकसभामा पनि क्लिन स्वीप गर्ला वा नगर्ला भन्ने कुरालाई प्रस्ट्याउन मद्दत गर्छ । विधानसभा चुनावमा विगतमा आएका मतलाई लोकसभाको मतसँग तुलना गरेर हेरौँ है त ।

हरेक लोकसभा क्षेत्रमा ८ विधानसभा क्षेत्र हुन्छ । मध्येप्रदेशमा विगतको परिणाम हेर्ने हो भाजपाले त्यहाँ लोकसभामा २९ मध्ये २८ सिट जितेको थियो र कंग्रेसले १ सिट मात्रै पाएको थियो । पहिलाको नतिजाको शैलीलाई वर्तमान स्थितिमा जोडेर हेर्ने हो भने २०२३ को परिणाम अनुसार भाजपाले लोकसभामा २४ सिट पाउँदा कंग्रेसले ५ सिट पाउने  देखिन्छ ।

छत्तिसगढमै हेर्ने हो भने ११ सिटको लोकसभा निर्वाचनमा भाजपाले ९ सिट ल्याउँदा कंग्रेसले २ सिट पाएको थियो । २०२३ को चुनावी परिणामलाई आधार मान्दा त्यहाँ भाजपाले ८ र कंग्रेसले ३ सिट पाउने देखिन्छ ।

राजस्थानमा हेर्दा कंग्रेसले लोकसभामा एक सिट पनि जित्न सकेको थिएन । २५ सिटमा भाजपाको २४ र गठबन्धनमा रहेको अर्को दलको १ सिट थियो । अबको लोकसभाको निर्वाचनमा त्यहाँ भाजपाले १४ र कंग्रेसले ११ सिटसम्म ल्याउन सक्ने स्थिति छ ।

२०१९ मा  तेलंगानामा १७ सिटका लागि भएको लोकसभा निर्वाचनमा भाजपाले ४ सिट ल्याउँदा कंग्रेसले ३ सिटमा जितेको थियो । यसपटकको मतपरिणाम प्रतिशत र कायमै रहने हो भने त्यहाँ कंग्रेसले ९ सिट ल्याउँदा भाजपा शून्यमा हुनसक्छ ।

चारवटा राज्यको ८२ सिटलाइ जोडेर हेरौँ । सन् २०१९ मा भाजपाले ६५ मा जित निकाल्दा कंग्रेस ६ मा सीमित थियो । सन् २०२३ को आधारमा विश्लेषण गर्दा भाजपाले ४६ सिट पाउँदा कंग्रेस २८ मा सीमित हुनसक्छ । यदि मतको शैली यही कायम रह्यो र मतप्रशित दुरुस्त रह्यो भने आगामी लोकसभा चुनावमा भाजपालाई १९ सिटको नोक्सान हुने देखिन्छ भने कंग्रेसलाई २२ सिट फाइदा हुने देखिन्छ ।

हुन त प्रधानमन्त्री नरेन्द्र मोदीको जादूमा विश्वास गर्नेहरु पनि छन् । उनीहरुको चित्त दुखाउनु छैन । जादु चल्यो भने जे पनि सम्भव छ । त,र उनीहरुले बुझ्नुपर्ने कुरा के हो भने जादुले दिग्भ्रमित बनाउँछ भने गणितले सत्य बताउँछ । जादुमा विश्वास गर्नेहरुले गणितलाई नजरअन्दाज गर्न पनि सक्छन् । तर, विश्वास गर्नेहरुले यो सत्य स्वीकार्नैपर्छ की लोकसभामा कंग्रेसले २०१९ को तुलनामा गतिलैसँगै परिणाम सुधार्नेछ । खेल अझैपनि बाँकी छ र चुनावी खेल हिन्दी बाहुल्य रहेका राज्यभन्दा बाहिर छ ।

भारतीय प्राध्यापक योगेन्द्र यादव राजनीतिक एजेन्डाहरुका पैरवीकर्ता हुन् । उनी भारतको स्वराज अभियान तथा किसान आन्दोलनसँग पनि जोडिएका छन् । द वायरमा प्रकाशित उनको भिडियो विश्लेषण अनुवाद र सम्पादनसहित प्रकाशित छ ।


Source: Online Khabar
Comment As:

Comment (0)